२२ जेठ २०८३, शुक्रबार

सेनामा अब १६ वर्षमै निवृत्तिभरण

माघ १८, २०७७
सेनामा अब १६ वर्षमै निवृत्तिभरण

१६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको खबर नयाँ पत्रिकाले छापेको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो ।

सैनिक नियमावली २०६९ को नियम ८० को उपनियम (२) संशोधन गरी सेनामा जुनसुकै अवधिमा भर्ना भएको भए पनि फलोअर्स र सिपाही तहका सैनिकको निवृत्तिभरण अवधि १६ वर्ष हुने व्यवस्था गरिएको छ । पिउठ, अमल्दार र हुद्दाको निवृत्तिभरण अवधि भने १७ वर्ष हुनेछ । त्यस्तै, जमदारको १८ वर्ष, सुबेदार र प्रमुख सुबेदारको १९ वर्ष निवृत्तिभरण अवधि हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्