२१ जेठ २०८३, बिहीबार

वामदेव आफूसँग आउने प्रचण्डको दावी, प्रचण्डले फोन गर्दा के भने ?

माघ १९, २०७७
वामदेव आफूसँग आउने प्रचण्डको दावी, प्रचण्डले फोन गर्दा के भने ?

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले छिट्टै नेकपाका नेता वामदेव गौतम आफूहरुको आन्दोलनमा सहभागी हुने दावी गरेका छन् ।
शनिबार उनी समर्थक नेकपाले धनगढीमा आयोजना गरेको प्रतिनिधिसभा विघटनका विरुद्धमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले शुक्रबार बिहान नेता गौतमसँगको टेलिफोन सम्पर्कमा कुरा हुँदा उनले छिट्टै प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध सडकमा जारी आन्दोलनमा सहभागिता जनाउने बताएको प्रचण्डले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्