१० साउन २०८३, आइतबार

प्रतिनिधि सभा पुन:स्थापनाको माग राख्दै माइतीघरमा धर्नामा बसे प्रचण्ड, माधव नेपाल लगायत नेता

प्रतिनिधि सभा पुन:स्थापनाको माग राख्दै माइतीघरमा धर्नामा बसे प्रचण्ड, माधव नेपाल लगायत नेता

प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेको नेकपा (प्रचण्ड–नेपाल समूह)का शीर्ष नेताहरू माइतीघरमा धर्नामा बसेका छन् ।

तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपालसहितका शीर्ष नेताहरू धर्नामा बसेका हुन् ।

प्रचण्ड र नेपाल मध्याह्न करीब १२ बजे माइतीघर पुगेका थिए ।

आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाका सांसदहरूले प्रतिनिधि सभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् ।

धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्