०३ असार २०८३, बुधबार

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

 साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

आइतवार छापावाल सुन ९२ हजार १ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन (शुक्रवार) यस्तो सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुनको मूल्य प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्