२१ जेठ २०८३, बिहीबार

पेट्रोलको साटो पानीबाट दौडिने बाइक तयार पारेको विज्ञानका विद्यार्थीहरूको दाबी

माघ १९, २०७७
पेट्रोलको साटो पानीबाट दौडिने बाइक तयार पारेको विज्ञानका विद्यार्थीहरूको दाबी

भारतको अकोलामा बीएससी गरिरहेका पाँच विद्यार्थीहरूले पानीबाट हाइड्रोजन र अक्सिजन अलग्याउने किट तयार पारेको दाबी गरेका छन् । 

त्यसको सहायताले जम्मा ५० रुपैयाँ खर्च गरेर बाइक १०० किलोमिटरसम्म दौडिन सक्ने बताइएको छ । 

लकडाउनमा फुर्सदिलो भएको बेलामा उनीहरूले यो किट तयार पारेका हुन् । 

यश जायले, मन्दार कल्ले, महेश घाटे, शान्तनु झकार्डे र अभिजीत डामरेले किटको उपयोग गर्दै पुरानो बाइक र इन्जिनलाई मोडिफाइ गरे । पानीबाट हाइड्रोजन र अक्सिजनलाई छुट्ट्याएर उनीहले पिस्टनको कम्बसन बनाएका हुन् । 

यस विधिले बाइक दौडाउँदा कुनै किसिमको प्रदूषण नहुने यशको दाबी छ । यसको अनुसन्धानमा यशले लगभग साढे दुई लाख रुपैयाँ खर्च गरेका छन् । सरकारबाट अनुदान प्राप्त भएमा एड्भान्स किट बनाउने र यस प्रविधिबाट चल्ने बाइकको किट कम मूल्यमा प्राप्त हुने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्