
बेलायती प्रधानमन्त्री बोरिस जोनसोन कोरोना महामारीबाट सुस्त अर्थतन्त्रलाई माथि उठाउन सक्रिय बनेका छन् ।
उनले २ टास्क फोर्स नै गठन गरी अर्थतन्त्र पुनरुत्थानमा सक्रिय भएका छन् ।
जोनसोनले आफ्नै नेतृत्वमा नेसनल इकोनोमिक टिम गठन गरेका छन् ।
एजेन्सीका अनुसार, यो टिमले कोरोना विरुद्धको खोप आउनेबित्तिकै अर्थतन्त्र पुनरुत्थानका लागि केकस्ता काम गर्न सकिन्छ भनेर अध्ययन एवम् योजना बनाउनेछ ।
केही समयपछि प्रधानमन्त्री जोनसोनले यो कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।
प्रधानमन्त्री जोनसोनले अर्को टास्क फोर्स (टाइगर) पनि गठन गरेका छन् ।