०३ असार २०८३, बुधबार

सिक्किममा भारतीय सीमा नजिक चीनले बनायो सडक र बीओपी, भूउपग्रहीय तस्वीरमा खुलासा

माघ १८, २०७७
सिक्किममा भारतीय सीमा नजिक चीनले बनायो सडक र बीओपी, भूउपग्रहीय तस्वीरमा खुलासा

भारतको सिक्किम राज्य नजिक भारतीय सीमापारि चीनले सडक र बोर्डर आउटपोस्ट (बीओपी) बनाएको भूउपग्रहीय तस्वीर सार्वजनिक भएको छ । 

त्यही ठाउँ नजिक केही दिनअघि भारत र चीनका सैनिकबीच भिडन्त भएको थियो । 

अमेरिकाको अर्थ इमेजिङ कम्पनी प्लानेट ल्याब्सले प्राप्त गरेको नयाँ तस्वीरहरूमा निर्माणाधीन बीओपी र सडकहरू बनेको देखिएको हो । 

गत मे महिनादेखि चीनले सीमा नजिक थुप्रै नयाँ सडकहरू बनाइरहेको रिपोर्टमा दाबी गरिएको छ । त्यतिखेरैबाट लद्दाखमा भारत र चीनबीचको गतिरोध चुलिएको थियो । 

यसै भूउपग्रहीय तस्वीरलाई उद्धृत गर्दै विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ मागेका छन् । 

‘प्रधानमन्त्रीसँग चीनको नाम लिने साहस हुनुपर्छ,’ राहुलले ट्वीट गर्दै लेखे । 
 

salt training

कमेन्ट गर्नुहोस्