२१ असार २०८३, आइतबार
छिमेकीको सहयोग

भारतपछि चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा

भारतपछि चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा

छिमेकी देश चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अनुदानस्वरुप प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ ।  

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।
यसअघि भारतले नेपाललाई १० लाख मात्रा खोप नेपाललाई निःशुल्क दिएको थियो । सो खोप अहिले फ्रन्टलाइनकर्मीहरुलाई लगाउने काम चलिरहेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्