
राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिमा मार्केलो रिबेलो डि सौसा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले पोर्चुगाली राष्ट्रपतिलाई आज बधाई सन्देश पठाएर पोर्चुगलको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना समेत गरेकी छिन् ।
नेपाल र पोर्चुगलबीच विद्यमान जनस्तरको निकट सम्बन्धमा जोड दिँदै उजले भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग अझ विस्तार हुने विश्वास सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।