
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटनामा परी एक पैदल यात्रीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ बस्ने ३६ वर्षीय इसराफिल अली रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ ह ८३८ नंको अटो रिक्साले उनलाई ठक्कर दिएको थियो । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ । मोटरसाइकल यसैबीच कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको आज मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका– ६ मटियारीस्थित सडकखण्डमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा सोही ठाउँका १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।