२१ जेठ २०८३, बिहीबार

बलात्कार गरी फरार भएको आरोपमा एक युवक पक्राउ

बलात्कार गरी फरार भएको आरोपमा एक युवक पक्राउ

सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

    बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

    गत १४ गते दिउँसो किशोरीकै कोठामा पसेर डर, धम्की दिई बलात्कार गरी फरार रहेको भन्दै किशोरीले गत १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्