२१ जेठ २०८३, बिहीबार

आङ साङ सु चीको नेपाल सम्बन्ध– नेपाली ‘गुरुआमा’की चेली, काठमाडौं फेरिएकोमा चकित

आङ साङ सु चीको नेपाल सम्बन्ध– नेपाली ‘गुरुआमा’की चेली, काठमाडौं फेरिएकोमा चकित

म्यान्मारमा जननिर्वाचित सरकारलाई अपदस्थ गरेर फेरि सैनिक शासन शुरू भएको छ । सैनिक शासन र संकटकाल लगाएसँगै प्रजातन्त्रवादी नेत्री आङ सान सु ची नजरबन्दमा परेकी छन् । 

प्रजातन्त्रको लागि लामो संघर्ष गरेकी ७५ वर्षीया सु चीको नेपालसँग पुरानो सम्बन्ध छ । नेसनल लीग फर डेमोक्रेसी पार्टीकी अध्यक्ष सु चीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् । 

भर्खरै सम्पन्न निर्वाचनमा सु चीको पार्टीले अत्यधिक बहुमत प्राप्त गरेको थियो । सु चीलाई नजरबन्दमा राखिएको विषयमा विश्वभरबाट विरोध भइरहेको छ । 

प्रजातन्त्रवादी नेत्री सु चीको नेपालसँग लामो समयदेखिको सम्बन्ध छ । सन् १९६२ मा सु ची पहिलोपटक नेपाल आएकी थिइन् । 

भारत र नेपालका लागि बर्माकी राजदूत रहेकी आमासँग सु ची नेपाल भ्रमणमा आएकी थिइन् । 

सन् १९७३ मा ब्रिटिश स्कलर पति मिचेल एरिससँग सु ची दोस्रोपटक नेपाल भ्रमणमा आएकी थिइन् । 

सन् २०१० मा नजरबन्दबाट मुक्त भएपछि सु ची दुईपटक नेपाल भ्रमणमा आइन् । 

पहिलोपटक २०७१ सालमा सु ची काठमाडौं आएकी थिइन् । त्यसबेला उनले नेपालको तत्कालीन संविधानसभाका सदस्यहरूसँग छलफल गरेकी थिइन् । 

तस्वीर : getty Image

सम्बोधनका क्रममा उनले जनताको जीवनमा सुधार ल्याउनका लागि लोकतन्त्र जरूरी रहेको बताएकी थिइन् । उनले नेपाल र बर्माको सम्बन्धको विषयमा पनि बोलेकी थिइन् । 

नेपाल भ्रमणको समयमा उनले तत्कालीन राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेकी थिइन् ।

दुई वर्षअघि अर्थात् सन् २०१८ मा सु  चीले नेपालको भ्रमण गरेकी थिइन् । एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा म्यान्मारको स्टेट काउन्सिलरको रूपमा सु ची २०७५ मंसिर १३ गते काठमाडौं आएकी थिइन् । 

सु चीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सु चीको नेपाल भ्रमणको समयमा नेपाल र म्यान्मारबीच पहिलोपटक व्यापार र लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । 

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका थिए । 

दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको थियो ।

दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको थियो । नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्मारबाट पर्यटक वृद्धि गराउन म्यान्मारले सहयोग गर्ने समझदारी पनि सु चीको भ्रमणको बेला भएको थियो । 

काठमाडौं परिवर्तन भएछ– सु ची 

२०७५ मंसिर १४ गते प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा सु चीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौंमा धेरै परिवर्तन भएको पाएको अनुभव सुनाएकी थिइन् । 

नेत्री सु ची सन् १९७३ मा आफ्ना पतिले अनुसन्धान गर्न आएका बखत नेपालमा बसेकी थिइन् । नेपालकी अनगारिका धम्मावती गुरुमा सु चीकी बौद्ध गुरुआमा हुन् ।

सो भेटमा प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा रहेको नेत्री सु चीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तकसमेत उपलब्ध गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्