१० असार २०८३, बुधबार

काठमाडौंमा ओली पक्षको सभा : माघ २३ गते यी १६ क्षेत्रबाट शुरू हुनेछ र्‍याली

काठमाडौंमा ओली पक्षको सभा : माघ २३ गते यी १६ क्षेत्रबाट शुरू हुनेछ र्‍याली

नेकपा ओली पक्षले माघ १३ गते काठमाडौंमा गर्ने जनसभाअघि राजधानीका १६ क्षेत्रबाट र्‍याली शुरू गरिने भएको छ ।

नेकपा बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले रुटहरूबारे जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा नेकपा ओली समूहले माघ २३ गते नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा गर्दैछ ।

रुट र जिम्मेवारीमा बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाइन्स, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर र पुरानो बानेश्वर रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्