२८ जेठ २०८३, बिहीबार

संवैधानिक परिषद्ले गरेका सिफारिश वैध छ, नियुक्तिका लागि बाधा छैन– राष्ट्रिय सभा अध्यक्ष

संवैधानिक परिषद्ले गरेका सिफारिश वैध छ, नियुक्तिका लागि बाधा छैन– राष्ट्रिय सभा अध्यक्ष
फाइल फोटो

राष्ट्रिय सभाका अध्यक्ष एवं संवैधानिक परिषद्का सदस्य गणेश तिमिल्सिनाले परिषद्ले विभिन्न निकायमा गरेको सिफारिश अनुसार पदाधिकारी नियुक्त हुने बताएका छन् ।

सभामुख अग्नि सापकोटाले परिषद्को पत्र फिर्ता गरेको विषयमा असहमति जनाउन सोमवार संसद् सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा तिमिल्सिनाले नियुक्तिका लागि समस्या नभएको बताएका हुन् । 

‘अदालतले अन्यथा भनेबाहेक नियुक्ति हुन्छ, संसद् नभएको समयमा सुनुवाइविना पनि नियुक्ति हुनसक्छ,’ तिमिल्सिनाले भने ।

अध्यक्ष तिमिल्सिनाले संसदीय सुनुवाइ विशेष समितिले दुईतिहाइले अस्वीकृत गरेबाहेक सभामुखलाई पत्र फिर्ताको अधिकार नभएको बताए । 

‘संघीय संसद् भनेपछि एक सदन मात्र होइन, दुईवटा सदन मिलेर संघीय संसद् बनेको हो । संघीय सदनका दुई प्रमुख बराबर हौं । सुनुवाई समिति संयुक्त हो,’ तिमिल्सिनाले भने, ‘संयुक्त समितिले गर्ने निर्णयमा हामी बराबरी हौं । राष्ट्रिय सभालाई छैन जस्तोगरी हिजोको भाषा आएकोमा मेरो आपत्ति छ ।’

संविधानको धारा ११४ मा संसद्ले अस्वीकार गरेको बाहेक अध्यादेश कानूनसम्मत हुने भएकाले संवैधानिक परिषद्का सिफारिश विधिसम्मत भएको उनले बताए । 

‘सभामुखको इन्टेन्सन के छ मैले कहाँ व्याख्या गर्नु ? दल त्यागेर बसिरहेको मैले मेरो जिम्मा लिन्छु । म दलीय स्वार्थले संविधान, ऐन र नियमावली तथा मूल्यमान्यता जे छन्, त्यसभन्दा दायाँबायाँ जादिनँ,’ पत्रकारको एक प्रश्नको जवाफमा तिमिल्सिनाले भने । 

salt training

कमेन्ट गर्नुहोस्