२१ असार २०८३, आइतबार

प्रचण्ड–नेपाल समूहले भन्यो– संविधानको रक्षाका लागि आमहड्ताल बाध्यात्मक कदम

प्रचण्ड–नेपाल समूहले भन्यो– संविधानको रक्षाका लागि आमहड्ताल बाध्यात्मक कदम
फाइल फोटो

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध हडताल लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै बिहीवार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको रक्षाका लागि भोलि आमहड्तालको घोषणा गरिएको जानकारी दिइन् ।

बाध्यात्मक रूपमा आमहड्तालको कार्यक्रम आयोजना गर्नु परेको उनले बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्