
आरुबखडाले स्वास्थ्यलाई अनेकौं लाभ गर्छ ।
शरीरमा आइरनको पूर्ति यसले गर्छ । रक्तचाप नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउँछ । यसको सेवनले उच्च रक्तचाप हुन दिँदैन ।
यसमा भिटामिन सी, के र ए तथा फाइबर भरपूर पाइन्छ । एन्टीअक्सिडेन्ट पनि यसमा भेटिन्छ ।
आरुबखडामा भएको बिटा क्यारोटिनले क्यान्सर हुन दिँदैन ।
यसमा भएको भिटामिन र फाइबरले पाचन प्रक्रिया सही राख्छ ।
यसको भिटामिन ए आँखा र दृष्टिका लागि सही छ । भिटामिन सीले रोगप्रतिरोधक क्षमता बढाउँछ । रुघाखोकी लाग्दा यसले आराम दिन्छ ।
छाला सफा गर्ने र स्मरणशक्ति बढाउने काम यसले गर्छ ।
भिटामिन केले महिलाको रजोनिवृत्तिमा आराम दिन्छ । यसको सेवनले बोसो बढ्न पाउँदैन र शरीरको तौल नियन्त्रणमा राख्छ ।
यसमा भएको ओमेगा–३ ले कोलेस्ट्रोल, मधुमेह र मुटुरोग पनि निको पार्छ ।