१२ असार २०८३, शुक्रबार

दुई वर्षे बालक घरको बरण्डाबाटै बेपत्ता, अपहरणको आशंका

दुई वर्षे बालक घरको बरण्डाबाटै बेपत्ता, अपहरणको आशंका
फाइल फोटो

सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् ।  

आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ ।

घरको बरन्डामा खेलिरहेका बेला आफू घरभित्र खाना पकाउन गएको र त्यही क्रममा अचानक हराएको बालककी आमा संगीता यादवले जानकारी दिइन् ।

हराएको छोरालाई सबैतिर खोजी गरे पनि फेला नपरेपछि अपहरण भएको हुनसक्ने उनले आशङ्का गरिन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले बच्चा हराएको सूचना पाएलगत्तै खोजी कार्य तीव्र पारिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्