३१ असार २०८३, बुधबार

भोलिको बन्दमा प्रचण्ड-नेपालका कार्यकर्ता काठमाडौंका १० स्थानमा बिहान ५ बजे नै जम्मा हुने

भोलिको बन्दमा प्रचण्ड-नेपालका कार्यकर्ता काठमाडौंका १० स्थानमा बिहान ५ बजे नै जम्मा हुने

सामाजिक सञ्जाल प्रयोगकर्ताको चर्को आलोचनाका बीच प्रचण्ड–नेपाल पक्ष बिहीबारको आन्दोलनलाई सशक्त बनाउने योजनामा जुटेको छ । विशेषगरी काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउने रणनीतिमा सो पक्ष देखिएको छ ।
प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० ठाउँ सार्वजनिक गरेको छ ।
प्रचण्ड नेपाल पक्षका नेता हिमाल शर्माले गोंगबुचोक, बालाजुचोक, नारायण गोपालचोक, चाबहिलचोक, कोटेश्वरचोक भोटाहिटीचोक, बल्खुचोक, कलंकीचोक, फर्पिङ चोक, र नागढुंगा नाकामा ५ बजे नै भेला हुनका लागि ठाउँ तोकिएको जानकारी दिए ।
सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा नियुक्ति गर्ने कदमको विरोध गर्दै नेपाल बन्दको आह्वान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्