
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले संवैधानिक आयोगमा गरेको नियुक्तिको विरोध गरेको छ । सो पार्टीले नियुक्ति खारेज गर्न पनि माग गरेको छ ।
पार्टीका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बुधबार जारी गरेको विज्ञप्तिमा यस्ता नियुक्ति हरुलाई संविधानको मर्म, भावना र व्यवस्था अनुरुप भएका वैधानिक नियुक्ति मान्न र मान्यता दिन नसकिने उल्लेख गरिएको छ ।
सरकार एकातिर चुनावको घोषणा गर्ने र अर्कोतिर निर्वाचन कानुन र आचारसंहिताले यस्तो समयावधिमा गर्न नहुने भनेका नियुक्ति, सरुवा र बढुवा गर्दै हिँड्ने कुरा बीच कुनै संगति नभएको पन विज्ञप्तिमा उल्लेख छ ।