२८ असार २०८३, आइतबार

परीक्षा दिने विद्यार्थीको सवारीसाधनलाई अवरोध नगर्न आह्वान

परीक्षा दिने विद्यार्थीको सवारीसाधनलाई अवरोध नगर्न आह्वान

नेकपा प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आम हड्तालका क्रममा परीक्षा दिने विद्यार्थीको सवारीसाधनमा अवरोध नहुने भएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता हिमाल शर्माले परीक्षार्थीको सवारीसाधनलाई प्रवेश पत्रको आधारमा सञ्चालन गर्न दिने बताए ।

उनले सामाजिक सञ्जालमार्फत आज परीक्षा दिने विद्यार्थीहरुको प्रवेश पत्रको आधारमा सवारीसाधनलाई सहजीकरण (जान दिने) व्यवस्था गर्न आह्वान गरेका छन् ।
आम हड्तालका कारण काठमाडौंसहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्