
हेटौडा उपमहानगरपालिका र नगर विकास कोषबीच हेटौडा बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।
बुधवार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतबीच रू २० करोड ६९ लाख ९८ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।
यस हेटौडा बस टर्मिनल भवन आयोजनाको निर्माणको कुल अनुमानित लागत रू. ३४ करोड ४९ लाख ९७ हजारको ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।
बाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौडा उपमहानगरपालिकाको सौन्दर्यको लागि सुविधासम्पन्न यस बस टर्मिनल भवन क्षेत्रमा सानाठूला गरि १३० ओटा गाडीहरु एकै साथ पार्किङ गर्न सकिने सुविधा रहेको छ साथै यस व्यवसायिक भवनभित्रको २ तले बेसमेन्ट पार्किङमा ९० वटा चार पाङ्ग्रे र २५० वटा दुई पाङ्ग्रे सवारी साधनका लागि पार्किङ सुविधा रहेको छ ।