२१ जेठ २०८३, बिहीबार

प्रचण्ड–नेपाल पक्षको आमहड्तालः ११ ठाउँका यी हुन् कमाण्डर

प्रचण्ड–नेपाल पक्षको आमहड्तालः ११ ठाउँका यी हुन् कमाण्डर

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बिहीबार गरेको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ । राजधानीमा बिहानैदेखि बन्दको प्रभाव देखिएको छ भने नयाँ बसपार्कमा एक ट्याक्सीमाथि आगजनी भएको छ । यद्यपी कसले सो ट्याक्सी जलायो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रचण्ड नेपाल समूहले बन्द सफल बनाउन काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानलाई ‘आर्क’ तोकेको छ भने त्यसका लागि कमाण्डर तोकेको छ ।

जसअनुसार कलङ्कीमा  युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कमाण्डर तोकिएको प्रचण्ड–नेपाल समूहले बताएको छ ।
यस्तै बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ , पुल्चोकमा पम्फा भुसाल, कोटेश्‍वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोकमा शक्ति बस्‍नेत,  गोंगबुमा भीम रावल ,  बालाजुमा रघुजी पन्त तथा  रत्‍नपार्कमा  नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा कमाण्डर तोकिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्