१२ असार २०८३, शुक्रबार

भृकुटीमण्डपमा जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ शुरू

भृकुटीमण्डपमा जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ शुरू

काठमाडौंको प्रर्दशनीमार्ग, भृकुटीमण्डपमा आजबाट जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ शुरू भएको छ ।

स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत मेला हो । प्रदर्शनीको समुद्घाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरे । 

कार्यक्रममा बोल्दै श्रेष्ठले कोभिडका कारण आयात निर्यात बन्द भएको अवस्थामा पनि स्वदेशी उत्पादनले माग धानेको र आगामी दिनमा स्वदेशमा मात्रै नभएर आकर्षक तथा नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्यवस्तुहरुको उत्पादन गरी बिदेशमा अझै निर्यात गर्न सके अर्थतन्त्रमा सहयोग पुग्ने बताए ।

उनले बिगतको मेला भन्दा अहिलेको मेलामा देशकै उत्कृष्ट ब्राण्डहरुको सहभागीता रहेकोमा खुशी व्यक्त गर्दै ग्राहकहरुलाई स्वदेशी उत्पादनहरुको प्रयोग गरी देशलाई आत्मनिर्भर हुन सहयोग पुर्याउन आग्रह गरे ।

मेलामा स्वदेशी सम्पुर्ण ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी छन् ।

एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउनेछन् । मेला आगामी फागुन १० गते सम्म रहनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्