२४ जेठ २०८३, आइतबार

अगाडि दालमोठ चिउरा र पानी राखेर पुल्चोकको सडकमा बसे प्रचण्ड

अगाडि दालमोठ चिउरा र पानी राखेर पुल्चोकको सडकमा बसे प्रचण्ड

संवैधानिक नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल पार्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफैं सडकमा धर्ना बसेका छन् ।

पुल्चोकको लबिम मलअगाडि प्रचण्ड, पम्फा भुसाललगायत नेताहरू सडकमै बसेका हुन् । उनीहरूको अगाडि सडकमा दालमोठ-चिउरा र पानी राखिएको छ ।

निवास खुमलटारबाट सातदोबाटो आइ प्रदर्शनमा सहभागी भएका प्रचण्ड त्यहाँबाट पुल्चोक आएका हुन् ।

पुल्चोकमा केहीबेर बसेर प्रचण्ड अर्को ठाउँको प्रदर्शनमा सहभागी हुन त्यहाँबाट हिँडेका छन् । 

संवैधानिक परिषद्को सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेकी थिइन् ।

नवनियुक्त पदाधिकारीहरूले बुधवार नै शपथ लिएपछि नेकपा प्रचण्ड-नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्