
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आयोजना गरेको आमहड्तालको दिन बिहीवार कोटेश्वर जडिबुटीमा जाम परेको छ ।
कोटेश्वर चोकमा प्रदर्शनका कारण सवारी अगाडि बढ्न नसक्दा कार्यालय समयमा कोटेश्वर-जडिबुटी क्षेत्रमा जाम परेको हो ।
राजधानीमा आमहड्तालको प्रभाव न्यून मात्र परेको प्रहरीले जनाएको छ ।
जुलुस र प्रदर्शन भएका केही स्थानमा सवारी डाइभर्ट गरिएपनि अन्यत्र अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ ।
सार्वजनिक सवारी साधन भने छिटफुट मात्र चलेका छन् । चलेका ठाउँमा खासै अवरोध नरहेको प्रहरीले जनाएको छ ।
संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिमा असन्तुष्टि जनाउँदै प्रचण्ड-नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।
हड्ताल सफल पार्न नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वयं सडकमा निस्किएका छन् ।
बिहान केहीबेर प्रचण्ड पुल्चोकमा धर्नामा बसे । अहिले भने प्रचण्ड पुल्चोकबाट निस्किसकेका छन् ।
तस्वीरमा हेर्नुस्, कोटेश्वरको जाम :



