स्विडेनकी वातावरण अभियन्ता ग्रेटा थनबर्गले भारतमा चलिरहेको किसान आन्दोलनका विषयमा गरेको ट्वीट विवादमा परेको छ ।
उनको ट्वीटमा एक टूलकिट (दस्तावेज) को लिंक पनि दिइएको छ । त्यसमा किसान आन्दोलनका विषयमा संसारभरि विरोध कार्यक्रम चलाउने निर्देशन थियो । ट्विटरमा यस विषयमा निकै हल्लीखल्ली भएपछि दस्तावेजमा पहुँच वर्जित गरिएको थियो र पोस्ट डिलिट गरिएको थियो ।
डिलिट गरिएको ट्वीटमा जनवरी २६ मा भएको विरोध र अन्य सडक प्रदर्शनको विस्तृत विवरण दिइएको थियो । त्यसको स्क्रीनशट सामाजिक सञ्जालमा व्यापक शेयर गरिएको थियो ।
किसान आन्दोलनका विषयमा भारतलाई संसारभरि बदनाम गर्ने षड्यन्त्र बनाइएको हल्ला थियो ।
थनबर्गले पनि एउटा अप्डेट राखिन् र त्यो दस्तावेज पुरानो भएकाले हटाइएको बताइन् । पछि उनले अद्यावधिक गरिएको टूलकिटको लिंक राखिन् ।
Here’s an updated toolkit by people on the ground in India if you want to help. (They removed their previous document as it was outdated.)#StandWithFarmers #FarmersProtesthttps://t.co/ZGEcMwHUNL
— Greta Thunberg (@GretaThunberg) February 3, 2021