२३ जेठ २०८३, शनिबार

प्रचण्ड–नेपालको आमहड्तालविरुद्ध ओली समूहले गर्‍यो र्‍याली

प्रचण्ड–नेपालको आमहड्तालविरुद्ध ओली समूहले गर्‍यो र्‍याली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालविरुद्ध नेकपा ओली समूहका कार्यकर्ताले पोखरामा र्‍याली प्रदर्शन गरेका छन् ।

कास्कीको पर्यटकीय नगरी पोखरामा पनि बन्दको प्रभाव परेको छ ।

शिक्षण संस्था, कलकारखाना, विद्यालय, व्यापारिक प्रतिष्ठान, पसल, यातायात बन्द छन् । बन्दका कारण सर्वसाधारणले दुःख व्यहोर्नुपरेको छ । 

पोखराका सडकमा गन्तव्य पुग्न मानिसहरू पैदल हिँडेको देख्न सकिन्छ । 

बन्द आह्वानकर्ताले सडकका चोकचोकमा बसेर बन्द सफल पार्न नाराबाजी गरिरहेका छन् । उनीहरूले कोही व्यक्ति मोटरसाइकल, स्कुटरमा चढेको देखेमा एक्कासी बाटोमै रोकेर केरकार गर्ने गरेका छन् ।
 
नेकपाको प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता ठूलो संख्यामा चोकचोकमा खटिएका छन् । गण्डकी प्रदेश सांसद, प्रदेश तथा जिल्ला तहका इन्चार्ज, अध्यक्षहरू चोकमा खटिएका छन् ।

गण्डकी प्रदेश विशेषतः नेकपामा ओली पक्षको बलियो प्रदेश मानिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्