
संसारको पहिलो उड्ने रेसकारको अनावरण गरिएको छ ।
त्यसको उच्चतम गति १२० किलोमिटर प्रतिघन्टा छ । सन् २०२१ को अन्त्यसम्ममा यसलाई एक प्रतियोगितामा प्रतिस्पर्धा गराइनेछ ।
एयरस्पीडर नाम दिइएको यो कारलाई रिमोट पाइलटले उडाउनेछन् । ठाडो गरी टेक अफ र अवतरण गर्न सक्ने यसका निर्माता अलाउदा एरोनटिक्सले बताएको छ ।
यो उड्ने कार विगत तीन वर्षदेखि बनाइँदै थियो । यसले स्वच्छ वायु उडान गतिको क्रान्तिलाई अघि बढाउने बताइएको छ ।
दक्षिण अस्ट्रेलियामा रहेको अलाउदा एरोनटिक्सले यही वर्षभित्र १० वटा यस्तै वाहन तयार पार्ने लक्ष्य लिएको छ ।