२१ जेठ २०८३, बिहीबार

वार्षिक उत्सवको अवसरमा टेलिकमले शुरू गर्‍यो २ नयाँ सेवा, यस्ता छन् विशेषता

वार्षिक उत्सवको अवसरमा टेलिकमले शुरू गर्‍यो २ नयाँ सेवा, यस्ता छन् विशेषता

१७ औं वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमले २ नयाँ सेवाको शुरूवात गरेको छ । 

टेलिकमले बिहीवार (आज)देखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवा सञ्चालनमा ल्याएको हो । 

एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकले कस्टोमर प्रमिसेस् इक्विप्टमेन्ट (सीपीई) प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्नेछन् । 

टेलिकमले प्रति महिना ९ सय रुपैयाँमा ६० जीबी, १५ सय रुपैयाँमा १२० जीबी र वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७२० जीवी र १६ हजार रुपैयाँमा १ हजार ४ सय ४० जीबी उपलब्ध गराउनेछ ।

यस्तै टेलिकमले कार्यालय प्रयोजनका लागि बढी उपयुक्त हुने गरी ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्यााक’ सेवा पनि सार्वजनिक गरेको छ ।

व्यावसायिक उपकरणहरूबीच डाटा आदानप्रदान गरी सवारी साधन लगायत अन्य उपकरणहरूको लोकेसन अपडेट गर्ने, लजिस्टिक म्यानेजमेन्ट गर्ने प्रयासहरू विश्वव्यापी रुपमै वृद्धि भइरहेको समयमा टेलिकमले पनि यस्तो सेवा सञ्चालनमा ल्याएको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्