०४ असार २०८३, बिहीबार

सेनाद्वारा ९ जना पक्राउ

सेनाद्वारा ९ जना पक्राउ

नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्‍जमा सञ्चालन गरेको ‘अपरेशन महाहण्ट–७’ क्रममा अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ।  

निकुञ्‍ज कार्यालयका कर्मचारी समेतको सहयोगमा भएको गस्तीमा कालिमाटी  ३ बस्ने  भिम बहादुर खनाल निकुञ्जभित्र तस्करीका लागि गएको पाइएपछि पक्राउ गरी  सोधपुछ गर्ने क्रममा अन्य ८ जनापनि तस्करीमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रत्‍न थापा मगर, कृष्ण बहादुर थापा, सोम बहादुर खत्री, टेक बहादुर कुंवर, कुमार थापा, धन बहादुर थापा, देव प्रसाद थापा र तिलक डांगी रहेको सेनाले जनाएको छ ।

उनीहरुले लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक ६ थान बरामद भएको सबैलाई कारवाहीको लागि निकुञ्‍ज कार्यालयमा बुझाइएको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्