३१ असार २०८३, बुधबार

यी १६ क्षेत्रबाट र्‍याली निस्केर नारायणहिटी अगाडि हुँदैछ ओली समूहको जनसभा

यी १६ क्षेत्रबाट र्‍याली निस्केर नारायणहिटी अगाडि हुँदैछ ओली समूहको जनसभा

नेकपा ओली समूहले शुक्रवार काठमाडौंमा गरिरहेको जनसभाअघि राजधानीका १६ क्षेत्रबाट र्‍याली शुरू हुँदैछ ।

नेकपा बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले विभिन्न रुटबाट र्‍याली निस्केर नारायणहिटी अगाडि भेला हुने जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा नेकपा ओली समूहले शुक्रवार नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा गर्दैछ ।

काठमाडौंको बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाइन्स, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर र पुरानो बानेश्वरबाट र्‍याली निस्किने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्