०९ असार २०८३, मंगलबार

ओली पक्षको सभामा घन्कियो गीत– एकता तोडेर नजाऊ साथी हो ...

ओली पक्षको सभामा घन्कियो गीत– एकता तोडेर नजाऊ साथी हो ...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको सभामा बैकुण्ठ महत र प्रिया भण्डारीको गीत 'एकता तोडेर नजाऊ' साथी हो प्रस्तुत गरिएको छ ।

नेकपा विभाजन हुनुहुँदैन भन्ने आशयमा तयार पारिएको गीत गायक महत र गायिका भण्डारीले मञ्चमै उपस्थित भएर गाएका हुन् ।

भण्डारी अघिल्लो चुनावमा निकै चर्चित बनेको चुनावी गीत 'मै पनि एमाले, सै पनि एमाले...' की गायिका समेत हुन् ।

सभामा प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित छन् ।

गीत प्रस्तुत हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, नेतृ पार्वती रावल लगायतले सम्बोधन गरेका छन् ।

हेर्नुहोस्, महत र भण्डारीले गाएको गीतको ओरिजिनल भिडियो :

salt training

कमेन्ट गर्नुहोस्