०७ असार २०८३, आइतबार

बाबुरामप्रति ओलीको कटाक्ष– अरूले पकाएको दालभात बाँडेर तमासा गर्नु छैन !

बाबुरामप्रति ओलीको कटाक्ष– अरूले पकाएको दालभात बाँडेर तमासा गर्नु छैन !
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले कोही भोकै मर्दैन कोही भोकै पर्दैन भन्ने सरकारको नारालाई कतिपयले मजाकको रूपमा उडाएको आरोप लगाएका छन् । 

‘केही पूर्व पूर्वप्रधानमन्त्रीले त अरूले पकाएको भात र अरूले पकाएको दाल बाँड्दै गरेको फोटो खिचाए,’ शुक्रवार नारायणहिटी दरबारअगाडि आयोजित सभालाई सम्बोधनका क्रममा बाबुराम भट्टराईको नाम नलिई ओलीले भने, ‘कमसेकम आफूले केही काम गरे हुन्थ्यो । हामीलाई त्यो तमासा र नाटक गर्ने फुर्सद छैन । हामी देश बनाउँछौ, भ्रष्टाचार नियन्त्रण गर्छौं ।’

ओलीले तीन वर्षको अवधिमा सरकारले विकास निर्माणको अभियानलाई तीव्र बनाएको दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्