०२ असार २०८३, मंगलबार

मार्क्सवाद र लेनिनवाद छोडेर ओली चाणक्य र महाभारततिर लागे – प्रचण्ड

मार्क्सवाद र लेनिनवाद छोडेर ओली चाणक्य र महाभारततिर लागे – प्रचण्ड

नेकपाको एउटा पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीसमेत रहेका अर्को पक्षका अध्यक्ष केपी शर्मा ओलीलाई मार्क्सवाद र लेनिनवाद छोडेर चाणक्य र महाभारततिर लागेको आरोप लगाएका छन् ।

शुक्रवार अध्यक्ष प्रचण्डले ललितपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले मार्क्सवाद र लेनिनवाद छोडेको आरोप लगाएका हुन् ।

'प्रधानमन्त्री ओली मार्क्सवाद, लेनिनवादप्रति इमान्दार देखिनुभएन,' उनले भने, 'बरू ओलीले चाणक्य नीति, महाभारततिर बढी झुकाव देखाउनु भयो ।'

पार्टी एकता हुँदा पारित गरिएको विचारमा ओली प्रतिबद्ध भएको भए अहिलेको समस्या नआउने प्रचण्डको जिकिर थियो ।

'पार्टी एकता हुँदा २०७५ सालको जेठ ३ गते जे विचार थियो, हाम्रो सही विचार त्यही नै हो,' प्रचण्डले भने, 'हाम्रो पार्टीभित्र अहिले जे बहस भएको हो, त्यसप्रति इमान्दार हुने कि नहुने ?'

प्रचण्डले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीलाई नै जनवादी केन्द्रीयताका रूपमा व्याख्या गरे । उनले ओलीलाई बैठक बस्न नचाहेको, आलोचना र टिप्पणी सुन्नै नचाहेको आरोप लगाए ।

'बैठक बस्नै नचाहने, राख्नै नचाहने । आलोचना या टिप्पणी गर्दा सुन्नै नचाहने, नसक्ने,' प्रचण्डले भने, 'त्यस्तो कुनै पनि पार्टीमा हुँदैन । कम्युनिस्ट पार्टीमा मात्र होइन ।'

salt training

कमेन्ट गर्नुहोस्