
ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले एक कार्यक्रमबीच धनुषाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।
नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरूको संख्या २६८ पुगेको छ ।
समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकले सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालन गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए ।