१९ असार २०८३, शुक्रबार

‘ट्रेन्डिङ’को भोक नभएका विष्णु बाबु देवकोटा

माघ २४, २०७७
‘ट्रेन्डिङ’को भोक नभएका विष्णु बाबु देवकोटा

लामो समयपछि पश्चिम नेपालको बर्दियाबाट फर्किएका विष्णुबाबु देवकोटाले भने, ‘नेपाली गीतका शब्द त गल्र्यामगुर्लुम् ढलिरहेका छन् है? 

के भयो त्यस्तो ? उनले चोटिलो जवाफ दिए, ‘गीत बनेका छन् तर न लय छ, न शब्द छन्, न सुर छ । स्वर त झन् गीतबाटै हराइसकेकाछन् ।’

अब के होला ? देवकोटाले एकछिन सोचेर बोले, ‘हिटको नाममा नेपाली गीत संगीतले बाटो बिराईरहेको छ। हामीले बाटो बिरायौं । हिटको नाममा जे पनि गरिदियौं ।’

गीतकार देवकोटाले दर्जनौँ  गीतहरुमा शब्द लेखेका छन् । उनी आफैं एकदशक अघि बजारमा ल्याएको ‘रित्तो याद’बाट ब्याज खाइरहेका छन् । त्यसपछि पनि  कैयौँ गीतहरु बजारमा  छन् । गीतको गहिराई तथा शब्दको भावलाई प्राथमिकतामा राख्ने देवकोटाको केही समयअघि  ‘तस्वीर’ नामको गीत बजारमा आएको थियो । अहिले त्यसैको भाग–२ बनाउन लगायत अन्य साङ्गीतिक कार्यहरु गर्न राजधानी आएका बेला भेटिए उनी । त्यसो त उनी काठमाडौंकै वासिन्दा हुन् तर हाल कर्मथलो बर्दिया हो ।

यसपटकको भेटमा उनले नेपाली गीतसंगीतले बाटो बिराएको दुखेसो पोखे । अब कसो गर्ने ? उनीसँग धेरै विकल्प छैनन् । 

‘मैले पनि गीतहरु ल्याएँ, कुनै पनि गीत उधुम हिट छन् ,चर्चा बटुलेका छन् भनेर गफ गर्दिनँ,’ उनी भन्छन्, ‘'हिटको भोकले मेरो लेखन शैली मर्‍यो भने मेरो साहित्यिक तथा साङ्गीतिक करिअर बर्बाद हुन्छ भन्ने लाग्छ ।''

साइडमा रहेको एक कप कफीको सर्को लगाएपछि विष्णुबाबु गहिरिएर भने, ‘भाइरलका लागि जे पनि गर्न सकिन्छ । तर भाइरल शब्द आफैंमा केही समयमा अग्रस्थानमा आउने र केही समयमै हराउने टिकाउविहीन शब्द हो । त्यसका पछि मलाई कहिल्यै लाग्नु छैन र लाग्ने पनि छैन ।’

साहित्यिक कृति भन्नेबित्तिकै १० हात पर भाग्ने पाठक श्रोताहरु छन् नेपालमा । तर विष्णुबाबुलाई नजिकबाट देख्ने,सुन्ने र बुझ्नेहरू भने उनका फ्यान भइदिन्छन् अनायासै । गीत, मुक्तक तथा अन्य श्रृजनाहरुमा  उनले प्रयोग गर्ने  शब्दहरुको मजबूत ढङ्गको इन्जिनीयरिङ तथा साधारण शब्दहरुको पनि गहिरो भाव पकड्न खप्पिस् देवकोटाको लेखनकला नै उनको लोभलाग्दो पक्ष हो। 
। साहित्य भन्नेबित्तिकै पर भाग्नेहरूले पनि उनका शब्दहरू सुन्ने हो भने सहजै बाँधेर राख्न सक्ने सामथ्र्य राख्छन् उनी । 

"प्रयोग"भनेको सदुपयोग हुनुपर्छ, दुरुपयोग  हुनुहुदैन। गीत,गजल,मुक्तक वा जुनसुकै  साहित्य लेखनमा  शब्दको प्रयोग गर्ने नाममा दुरुपयोग गर्नुहुदैन। यसले सिङ्गो साहित्य जगतलाई नै धमिराले काठ धुल्याए झैँ विस्तारै धुल्याईदिन्छ। देवकोटा अझ गहन भ एर गुनासो गर्छन्।

विष्णुबाबुसँग विषयवस्तु उस्तै तेजिला,गहिरा तथा  ओजनदार हुन्छन् । उनका सृजनामा शब्दको क्लिस्टताले गाँजिएको पाइँदैन । सहजै बुझ्न सकिने शब्दको संयोजन विष्णुबाबुको लोभलाग्दो क्षमता हो ।

'रित्तो याद' पछि पनि दर्जनौ गीतहरु बजारमा छन्।सबैका आ–आफ्नै किसिमका विशेषता छन् । ‘म स्वीकार गर्छु मेरा गीतका भिडियोहरु खासै ट्रेन्डिङमा आउने किसिमका छैनन्। ट्रेन्डिङ्  र लोकप्रियता विलकुल फरक कुरा हुन्।  , उनले थपे, ‘ जतिले सुन्नुहुन्छ,जतिले हेर्नुहुन्छ , शुभचिन्तकहरुबाट आउने असली प्रतिक्रिया नै मेरा गीत बाँच्ने आधारहरु हुन्।यसले मलाई लेखनमा थप उर्जा दिन्छ। 

मुक्तक र गीतमा बढि कलम चलाउने  देवकोटा शुरूवातिका केही प्रस्तुतीहरुलाई रुचाईएपछि थप उर्जाशील भ एर लेखनमा लागे । उनी भन्छन्, ‘केही मुक्तक तथा गीतका कृतिहरु छिट्टै नेपाली साहित्य जगतमा ल्याउनेवाला छु ।’

उनले  राष्ट्रीय तथा अन्तर्राष्ट्रीय स्तरमा आफ्नो प्रस्तुति दिदै आईरहेका छन्। उनका हरेकजसो प्रस्तुतीमा प्रेम छुट्दैन । यसको कारणबारे उनी थप्छन्,‘प्रेम अमुर्त  हुन्छ । यही हो भनेर देखिदैन तर  प्रेम सधैं भइरहन्छ जहाँ पनि ,जहिले पनि । प्रेमको कुनै उमेर, आयु, काल छ र ? छैन । त्यसैले मेरो लेखनमा प्रेम मुख्य प्राथमिकतामा आफैँ परेको हो ।’ मैले प्राथमिकतामा पारेको होइन ।
 

salt training

कमेन्ट गर्नुहोस्