१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री किन जाँदैछन् निर्वाचन आयोग ?

माघ २७, २०७७
प्रधानमन्त्री किन जाँदैछन् निर्वाचन आयोग ?

निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवाद लगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदैछन् । आयोगले यसअघि नेकपाका दुबै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुबै पक्षले आफ्ना प्रतिनिधिमात्रै पठाएका थिए ।

लगत्तै पार्टीको आधिकारिता दावी गर्न नेकपाका प्रचण्ड र माधव नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।
प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् । ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । यसैक्रममा उनी चुनावका कार्यक्रमलगायतमा ध्यानाकर्षण गराउन आयोग जान लागेको कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्