२५ जेठ २०८३, सोमबार

राष्ट्रिय महिला लिग फूटबलमा आज २ खेल हुँदै

माघ २७, २०७७
राष्ट्रिय महिला लिग फूटबलमा आज २ खेल हुँदै

राष्ट्रिय महिला लिग फूटबलको दोस्रो चरणअन्तर्गत मंगलवार २ खेल हुँदैछन् ।

पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फूटबल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुनेछ ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ ।

सोमवार सम्पन्न खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलअन्तरले पराजित गरेको थियो । एपीएफ ७ खेलबाट २१ अंक जोड्दै लिगको शीर्षस्थानमा छ ।

लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले ७ खेलमा १५ अंक जोडेको छ । 

salt training

कमेन्ट गर्नुहोस्