भारतमा बन्दै गरेको नयाँ श्रम कानूनअन्तर्गत कामदारहरूका लागि कामको घन्टा लचिलो बनाउने कोशिश गरिएको छ ।
यसअन्तर्गत हप्तामा अधिकतम ४८ घन्टा काम गराउने प्रस्ताव छ ।
नियमलाई लचिलो बनाउँदै कुनै कामदारले चार दिनमा ४८ घन्टा काम गरेमा हप्ताको बाँकी चार दिन छुट्टी दिन सकिनेछ ।
तर काम गर्ने दिन चाहिँ आठ घन्टा नभई १२ घन्टा काम गर्नुपर्ने हुन्छ । अर्थात् दिनको १२ घन्टा चार दिनसम्म काम गर्दा बाँकी दिन छुट्टी पाइनेछ ।
कम्पनीहरूले कर्मचारीसँग सल्लाह गरेर दैनिक कार्य अवधिमा फेरबदल गर्न सक्छन् । अर्थात् कुनै कर्मचारीले एक दिनमै १० देखि १२ घन्टा काम गरेमा ६ दिन काम गर्नुको साटो चार वा पाँच दिन मात्र काम गरे पुग्छ । कामको बीचमा अल्पकालीन अवकाश अर्थात् इन्टरभलको पनि व्यवस्था छ ।
कुनै पनि व्यक्तिले लगातार पाँच घन्टा काम गरेमा आधा घन्टाको इन्टर्भल अनिवार्य हुनेछ ।
कर्मचारीहरूलाई हप्ताको बाँकी दिन पेड लीभ अर्थात् तलबी बिदा दिइनेछ ।