२४ जेठ २०८३, आइतबार

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलवार बस्दैछ । 

माघ २८ गते बुधवार काठमाडौंमा आयोजना गरिएको सभाको तयारीका लागि बैठक बस्न लागेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दियो ।

भोलिको सभाको तयारी र वक्ताबारे निर्णय गर्न सचिवालय बैठक बस्न लागेको हो ।

यसअघि माघ ८ गतेको सभामा वक्ताको विषयलाई लिएर विवाद भएको थियो ।

प्रतिनिधि सभा विघटन र संसद् पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल समूहले गरेको तेस्रो चरणको कार्यक्रमको अन्तिममा भोलि काठमाडौंमा विरोध सभा हुँदैछ ।

भोलिको सभालाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्