२१ जेठ २०८३, बिहीबार

सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब खर्च गरिने

सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब खर्च गरिने

सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेटमा १ खर्ब ३० अर्ब रुपैया घटाउने निर्णय गरेको छ । 

आर्थिक वर्ष २०७७/०७८ को बजेको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड हुने अनुमान गरेको छ । 

सरकारले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा आधारमा बजेट संशोधन गरिएको हो । 

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्च बढाउँदै पूर्वाधार विकासमा जोड दिने बताए । 

मन्त्री पौडेलले नयाँ राष्ट्रिय अभिभाराका रुपमा मुलुक निर्वाचनमा होमिएको र निर्वाचनका लागि ७ अर्ब रुपैया छुट्याइएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्