०३ असार २०८३, बुधबार

हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान खुल्यो

माघ २८, २०७७
हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान खुल्यो

भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदूरको शव पहिचान भएको छ । 
हिमनदी बिस्फोटपछि धौलीगंगा र आलकन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदूरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए । 
उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार मृतक कामदार कालीकोट र जुम्लाका रहेका छन् ।
मृतकमा नरेन्द्र बहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर मकर सिंह, मदन सिंह र रमेश नेपाली रहेका छन् । कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्