०२ असार २०८३, मंगलबार

जब राज्यसभामा बोल्दाबोल्दै प्रधानमन्त्री नरेन्द्र मोदी रोए ... [भिडियो]

माघ २८, २०७७
जब राज्यसभामा बोल्दाबोल्दै प्रधानमन्त्री नरेन्द्र मोदी रोए ... [भिडियो]

भारतको राज्यसभामा कांग्रेस नेता गुलाम नबी आजादको कार्यकाल सकिँदैछ । गुलामको कार्यकाल सकिने अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे ।

मंगलवार भएको सम्बोधन सामान्य थिएन, मोदी भावुक हुँदै रोए पनि । 

भारतीय सञ्चारमाध्यमका अनुसार जम्मू–कश्मीरमा भएको एक आतंककारी हमलालाई सम्झिँदै मोदी रोएका हुन् ।

नवभारत टाईम्सका अनुसार मोदी गुजरातको मुख्यमन्त्री हुँदा जम्मू–कश्मीरमा आतंककारी हमला भएको थियो, जसमा गुजरातका यात्रुमाथि हमला भएको थियो । त्यतिबेला गुलामले नै आफूलाई पहिलो फोन गरेको स्मरण गर्दै मोदी भावुक बनेका हुन् । आजादले गुजरातका जनताको आफ्नै परिवारजस्तै चिन्ता गरेका मोदीले स्मरण गरे ।

मोदीले बोल्दाबोल्दै बीचमा पानी समेत खाएका थिए । अन्त्यमा मोदीले आवादलाई सलाम समेत गरेका थिए । मोदी भावुक बनेको भिडियो एएनआईले शेयर गरेपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्