२१ जेठ २०८३, बिहीबार

प्रदेश सरकारबाट कर्णालीका प्रसारक सञ्चार गृहलाई १ लाख राहत दिइने

माघ २८, २०७७
प्रदेश सरकारबाट कर्णालीका प्रसारक सञ्चार गृहलाई १ लाख राहत दिइने

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई १ लाख उपलब्ध गराउने निर्णय गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतद्वारा मंगलवार आयोजिक २५ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गर्ने बताए ।

‘कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण गरेवापत १ लाख दिने निर्णय गरेका छौं,’ उनले भने, ‘शुरूआतमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौं र सूचना प्रकाशन प्रसारणपछि पूरा रकम उपलब्ध गराउँछौं ।’

मन्त्री भण्डारीले प्रसारक सञ्चार गृहलाई मात्र नभई छापा माध्यमका लागि पनि केही रकम छुट्याएको बताए । कर्णालीका पत्रकारहरूका लागि दुर्घटना बिमाको कार्यक्रम ल्याएको जनाउँदै उनले भने, ‘हामीले पत्रकारिता विषयअन्तर्गत स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं । अहिले पत्रकारहरू छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहनुभएको छ ।’

अनुसन्धान विनाको समाचार प्रकाशन तथा प्रसारणले नागरिकको मन जित्न नसक्ने भन्दै उनले त्रुटिपूर्ण नभई अनुसन्धानात्मक ढंगले स्रोतको पुष्टि हुने गरी समाचारहरू सम्प्रेषण गर्न सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले जनमैत्री पत्रकारिता अहिलेको आवश्यकता रहेको औल्याउँदै पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि भएका ज्यादतीहरूको अन्त्य गर्न राज्यको ध्यानाकर्षण गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्