२३ जेठ २०८३, शनिबार

प्रचण्ड–नेपाल पक्षको विरोध सभा : सोफाको साटो मञ्चमा राखियो कुर्सी

प्रचण्ड–नेपाल पक्षको विरोध सभा : सोफाको साटो मञ्चमा राखियो कुर्सी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले आयोजना गरेको विरोध सभाका लागि तयार पारिएको मञ्चमा नेताहरूका लागि सोफाको साटो कुर्सी राखिएको छ ।

यसअघिको सभामा मञ्चमा सोफा राख्दा त्यसको आलोचना भएको थियो । सोही कारण यसपटक सबै नेताका लागि कुर्सी राखिएको हो ।

 अघिल्लोपटकको गल्तीलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले यसबीचमा गरेका थिए ।

विरोध सभा भृकुटीमण्डपको सडकमा हुँदैछ ।​ त्यसका लागि विभिन्न स्थानबाट विरोध जुलुसहरू शुरू भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिनिधि सभाको विघटन असंवैधानिक रहेको भन्दै प्रचण्ड-नेपाल पक्षले आन्दोलन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्