०८ असार २०८३, सोमबार

उत्तराखण्ड विपतमा के हो शीतयुद्धको कनेक्सन ?

माघ २८, २०७७
उत्तराखण्ड विपतमा के हो शीतयुद्धको कनेक्सन ?

उत्तराखण्डको चमोलीमा हिमनदी विस्फोटपछि उद्धारकार्य जारी छ । 

आइतवार आएको बाढीको कारणका विषयमा विभिन्न किसिमका सिद्धान्त सार्वजनिक भएका छन् । वातावरणविद्हरू ऋषिगंगा पावर प्रोजेक्ट र विकासको नाममा धमाधम बनाइएका बाँधको आलोचना गरिरहेका छन् । 

यसैबीच तपोवनको रैणी गाउँका केही मानिसले सन् १९६५ को गोप्य मिसनका क्रममा नन्दा देवी पर्वतमा एउटा रेडियोयाक्टिभ डिभाइस हराएको र यसका कारण उत्पन्न गर्मीले गर्दा हिमताल विस्फोट भएको बताएका छन् । 
 

नन्दा देवी पर्वत समुद्र सतहबाट ७८ सय मिटर उचाइमा छ । शीतयुद्ध चलिरहेको बेलामा संसार दुई ध्रुवमा विभाजित थियो । चीनले आणविक हतियार निर्माण गर्न थालेको थियो । 

त्यसको निगरानी गर्नका लागि अमेरिकाले भारतसँग सहायता मागेको थियो । 

शुरूमा कञ्चनजंघामा गोप्य डिभाइस राख्ने योजना बनाइयो । तर यो लगभग असम्भव भएको भनी भारतीय सेनाले बताएपछि नन्दा देवीमा राख्ने निर्णय गरियो । 

सन् १९६४ मा चीनले सिन्ज्याङ प्रान्तमा आणविक परीक्षण गर्‍यो । त्यसपछि अमेरिकाको गुप्तचर संस्था सीआईएले चीनको आणविक गतिविधि निगरानी गर्न हिमालयको चुचुरोमा डिभाइस राख्ने भयो । 

भारतीय आईबीको सहायता लिएर नन्दा देवी पर्वतमा गोप्य यन्त्र लगाउने कोशिश गरिएको थियो । त्यसमा आठदेखि १० फीट अग्लो एन्टिना, दुईवटा ट्रान्स रिसिभर सेट र स्न्याप सिस्टम थिए । 
 

स्न्याप सिस्टममा न्युक्लियर फ्युलमा प्लुटोनियमसँगै क्याप्सुल पनि थिए र तिनलाई विशेष कन्टेनरमा राखिएको थियो । 
 

टीमका शेर्पाहरूले यसलाई गुरु रिम्पोछे नाम दिएका थिए । दुई सय मानिसहरूको टोली सिक्रेट मिसनमा जोडिएका थिए । 

डिभाइस राख्ने क्रममा मौसम बिग्रेपछि त्यहीँ छोडेर आउनुपरेको थियो । पछि खोज्दा त्यो भेटिएन । रेडियोयाक्टिभ डिभाइस त्यसै क्षेत्रमा दबेर बसेको छ । 

सन् १९७७ मा सीआईए र आईबीको गोप् यमिसनको खुलासा पहिलोपटक भएको थियो । अन्तर्राष्ट्रिय मिडियामा पनि यसको चर्चा भयो । 

त्यसपछि हिमालयमा कुनै पनि रेडियोयाक्टिभ डिभाइस उपयोग गर्न नहुने किनकि यसले कुनै पनि विनाशकारी विपत ल्याउन सक्ने भनी लगातार बहस भइरहेको छ । 

अहिले रैणी गाउँका मानिसले सन् १९६५ मा नन्दा देवीमा हराएको रेडियोयाक्टिभ डिभाइसबाट उत्पन्न तातोका कारण हिमताल विस्फोट भएको आशंका गरेका हुन् । रेडियोयाक्टिभ डिभाइस १०० वर्षसम्म पनि सक्रिय रहन्छ । 

salt training

कमेन्ट गर्नुहोस्