२२ जेठ २०८३, शुक्रबार

विरोध सभामा सम्बोधनका लागि मञ्चमा पुगे प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेता

विरोध सभामा सम्बोधनका लागि मञ्चमा पुगे प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेता

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको विरोध सभामा सम्बोधनका लागि शीर्ष नेताहरू मञ्चमा पुगेका छन् ।

सभामा सम्बोधनका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका नेताहरू मञ्चमा पुगेका हुन् ।

भृकुटीमण्डपमा आयोजित सभालाई प्रचण्ड र नेपालसहित १४ जनाले सम्बोधन गर्ने तय भएको छ ।

सभा सञ्चालन भने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्