
लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।
एक नौलो र फरक प्रकारको प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउडसोर्सिङ प्रतियोगिता हो ।
यसअघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो । जसमा सहभागीहरूले बैंकको डेबिट कार्डको लागि विभिन्न प्रकारका डिजाइन पेश गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डमा प्रयोग हुँदै आएको छ ।
‘माई मोबाइल मनि’ प्रतियोगितामा भने ५ वटा विभिन्न शीर्षकमा रहेका र सहभागीले प्रत्येक शीर्षकमा ३ मिनेटसम्मको १/१ गरी कूल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो ।
सहभागीले प्रत्येक शीर्षकमा ५० हजार गरी कूल २ लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रबाट २५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेको थियो ।
पहिलो शीर्षकमा भने २ भिडियोबीच बराबर भई २ वटै भिडियो विजेता भएका छन् ।
प्रतियोगितामा प्राप्त भिडियोबाट रचनात्मकता तथा कथावस्तु, कार्यान्वयन, र प्रासङ्गिकताका आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।
प्रतियोगिताका विजेताहरू यस प्रकार छन् –
१. बिल भुक्तानी – लकेश दंगल, विराटनगर र मन्दिप बखुन्छे, भक्तपुर
२. बिल भुक्तानी – विकास त्रपाठी, पोखरा
३. कार्ड सेवा – सन्तोश शाक्य, काठमाडौं
४. कार्डरहित नगद निष्कासन – भुवन तिवारी, भरतपुर
५. नगद ट्रान्सफर – छेवाङ गुरुङ, मुस्ताङ
प्रतियोगिताबारे निर्णायक काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभलका फेस्टिभल निर्देशक रम्यता लिम्बुको राय छ, ‘यो प्रतियोगिताको निर्णायकका रूपमा मेरो अनुभव सुखद रह्यो । प्रतियोगी भिडियोहरू रचनात्मक र मौलिक हुनुको साथै बैंकको ब्राण्ड झल्काउने खालका थिए । विजेता र सम्पूर्ण सहभागीलाई हार्दिक बधाई दिन चाहन्छु ।’
निर्णायक भिचित्र एडभर्टाइजिङका म्यानेजिङ डाइरेक्टर शेखर क्षत्रीले भने, ‘प्रतियोगी भिडियोको स्तर तथा प्रतियोगीको पूर्व तयारी आश्चर्यजनक थियो । विजेता र सहभागी सबैलाई हार्दिक बधाई दिन चाहन्छु । साथै यस्तो उत्कृष्ट अभियानका लागि बैंकलाई धन्यवाद दिन चाहन्छु ।’
बैंकले प्रतियोगिताका सबै विजेतालाई बधाई दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गरेको छ । यस प्रकारका नयाँ र रमाइला प्रतियोगिताहरू भविष्यमा पनि लिएर आउने बैंकले जनाएको छ ।