३१ जेठ २०८३, आइतबार

यथास्थितिमा हुने चुनाव राष्ट्रिय पञ्चायतको जस्तो– देव गुरुङ

यथास्थितिमा हुने चुनाव राष्ट्रिय पञ्चायतको जस्तो– देव गुरुङ

नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले यथास्थितिमा हुने चुनाव राष्ट्रिय पञ्चायतको भन्दा फरक नहुने बताएका छन् ।

संविधानले पाँच वर्षमा मात्र चुनाव गर्ने व्यवस्था गरेको भन्दै उनले वैशाखका लागि घोषणा गरिएको चुनावलाई संविधानले नचिन्ने बताएका हुन् । 

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता नेता गुरुङले पुस ५ को प्रतिनिधि सभा विघटनको घटना २०१७ साल, २०५९ सालको ‘कू’ को निरन्तरता भएको आरोप लगाए । 

‘अहिले गर्ने भनिएको चुनाव राष्ट्रिय पञ्चायतको जस्तो अधिकार नभएको हो । त्यस्तो चुनावबाट बन्ने संसद् प्रधानमन्त्रीको रबरस्ट्याम्प हो, जंगी शासनको पुनरावृत्ति हुनेछ,’ गुरुङले भने ।

salt training

कमेन्ट गर्नुहोस्