२४ जेठ २०८३, आइतबार

'तपाईं चुप लाग्नुस् ऋषि धमलाजी'

'तपाईं चुप लाग्नुस् ऋषि धमलाजी'

नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका बेला पत्रकारहरूले मञ्चअगाडि नै अन्तर्वार्ता लिन थालेपछि श्रेष्ठले माइकबाटै त्यसलाई रोक्न आग्रह गरेका छन् ।

उनले पत्रकार ऋषि धमलाको नामै लिएर सभा सञ्चालन भइरहेका बेला अर्को कार्यक्रम नगर्न भनेका हुन् ।

'हामी यहाँ सभा सञ्चालन गरिरहेका छौं, त्यहाँ अर्को कार्यक्रम सञ्चालन नगर्नुस् । ऋषि धमलाजी, तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुस्, तपाईं  चुप लाग्नुस्,' श्रेष्ठले सम्बोधनलाई बीचमै रोकेर भने ।

'उहाँले राम्रै काम गर्नुभाथ्यो, जनसमुदायको बीचमा अन्तर्वार्ता लिँदै, तर अहिले होइन पछि लिन म आग्रह गर्न चाहन्छु,' श्रेष्ठले मन्तव्यलाई निरन्तरता दिने क्रममा थपे ।

salt training

कमेन्ट गर्नुहोस्